आज पनि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०९-२६ १२:२३ मा प्रकाशित
Total Shares: 361
काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा २ हजार ३ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा ६० रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस