वामपन्थी एकता वा ध्रवीकरण तत्काल उचित छैन : केपी ओली
खबर एक्सप्रेस
२०८१-०१-०८ ०६:०६ मा प्रकाशित
Total Shares: 108
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा ध्रवीकरण उचित नभएको टिप्पणी गरेका छन् ।
शनिवार ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताए ।
सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाई छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस