मौसमी फ्लुको कहर : हुम्लामा ५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-१०-१२ ११:०० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा फैलिएको मौसमी फ्लुबाट पाँच जनाको मृत्यु भएको छ ।
पुस तेस्रो सातादेखि फैलिएको मौसमी फ्लु (रुघाखोकी र ज्वरो) ले उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ४५ वर्षीय मदन शाही, ५० वर्षीय जुनकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षीया प्याउरी शाही रहेका छन् ।
चंखेली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाले गाउँमा फैलिएको मौसमी फ्लुका बिरामी बढेको बताए ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस