माओवादी केन्द्र र जसपाका नेताहरु छलफलमा, बाबुराम भट्टराई पनि सहभागी
खबर एक्सप्रेस
२०७७-११-२९ १२:१९ मा प्रकाशित
Total Shares: 414
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेलगत्तै जसपाका नेताहरुसँग छलफल सुरु भएको हो । हाल दुवै पक्षका नेताहरुबिच नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल जारी रहेको छ । हाल नयाँ सत्ता समीकरणमा जसपा निर्णायक शक्ति बनेको छ ।
छलफलमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुषाललगायत नेताहरु सहभागी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस