शेयर बजारमा १२ अंकको वृद्धि
खबर एक्सप्रेस
२०७८-०४-२० ०३:५६ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - साताको चौथो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचका १२.०५ अंकले बढेर ३ हजार १२३ दशमलव १४ विन्दुमा पुगेको छ ।
आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
शेयरमूल्य बढ्ने कम्पनीहरुमा अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्याश्री हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र युनियन लाइल इन्स्योरेन्स लगायतका कम्पनीहरुको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
तर, ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस