रियल सोसिडाडले जित्यो कोपा डेल रेको उपाधि
खबर एक्सप्रेस
२०७७-१२-२२ ०९:५१ मा प्रकाशित
Total Shares: 258
काठमाडौं,एजेन्सी - रियल सोसिडाडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-०ले पराजित गर्दै सोसिडाड ३४ वर्षपछि च्याम्पियन बनेको हो ।
सोसिडाडको जितमा मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा सोसिडाड च्याम्पियन बन्न पर्याप्त बन्यो । सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस