माओवादी स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो ।
शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र शनिबारको बैठकले यस विषयलाई टुंग्याउने बताएका छन् ।
माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी टुङ्ग्याउन सकेको छैन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस