काठमाडौं - रामेछापको लिखु-तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।

स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनलाई प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेको हो।

अध्यक्ष खड्कामाथि उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी चेकमा हस्ताक्षर गर्न लगाएको आरोप लागेकाे रामेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले बताए।

गत वर्ष एउटा समूहले आफूलाई फोनमार्फत धम्की दिएको र २ करोड रुपैयाँ नदिए छोरी मारिदिने धम्की दिएको उनले आरोप लगाएका थिए।

उक्त समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अपराध महाशाखाले स्वयम्भूमा प्रहरीले गोली चलाएको थियो।