काठमाडौं - सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज (आइतबार) सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलको लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर, निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा रिट हालेका थिए ।

यस्तो छ सर्वोच्चको आदेश