काठमाडौं - मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको छ ।

प्रवक्ता गुरुङ भने, ‘‘नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’’

बैठकले साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने ‘नेपाल दिवस’ कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति दिने निर्णय गरेको छ।