भारतको झारखण्ड राज्यमा तीर्थयात्री सवार बस दुर्घटना, १८ जनाको मृत्यु
काठमाडौं - भारतको झारखण्ड राज्यमा मंगलबार बिहान भएको सडक दुर्घटनामा परि १८ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ ।
खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक र तीर्थयात्री सवार बस एकापसमा ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बसमा सवार तीर्थयात्रीहरू साउन महिनाको पवित्र अवसरमा भगवान् शिवको दर्शनका लागि गंगा जल बोकेर यात्रा गरिरहेका थिए ।
स्थानीय सांसद निशिकान्त दुबेले सामाजिक सञ्जालमार्फत दुर्घटनाको जानकारी दिँदै ‘बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको ज्यान गएको’ उल्लेख गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । -एजेन्सी

.gif)




फेसबुक पेज Like गर्नुहोस