काठमाडौं,एजेन्सी - यूईएफए युरोपा लिगमा आज राति समूह चरणका सबै २३ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ देखि ‘एल’ सम्मका सबै खेलहरु राति ११ः४० बजे र १ः४५ बजे हुनेछ ।

समूह ‘ए’ मा इटालियन क्लब रोमाले अन्तिम ३२ मा स्थान बनाइसक्दा योङ ब्वाइज र सिएफआर क्लजबीच अर्को चरण प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ । रोमाले पीएफसी सिएसकेए सोफियासँग खेल्नेछ ।

समूह ‘बी’ मा इंग्लिस क्लब आर्सनलले डुन्डाल्कसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, रापिड वेन र मोल्देबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा शीर्ष होडमा रहेको बायर लिभरकुसन र स्लाभिया प्रागबीच प्रतिस्पर्धा हुँदा निस र हापोइल विर सिभाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘डी’ मा रेन्जर्सले लेच पोज्नानको तथा बेन्फिकाले स्टान्डर्ड लिगसँग खेल्नेछ । समूह ‘ई’ मा ग्रानाडाले पाओकसँग तथा आइन्डोभेनले ओमोनिया निकोसियासँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘एफ’ मा शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दा एजेट अल्कामारले रिजेकासँग खेल्दैछ ।

समूह ‘जी’ मा लेस्टर सिटीले एइके एथेन्स र ब्रागाले जोर्यासँग खेल्दैछ । समूह ‘एच’ मा लिलले सेल्टिकसँग तथा एसी मिलानले स्पार्टा प्रागसँग खेल्नेछ ।

समूह ‘आई’ बाट नकआउट चरणमा स्थान बनाइसकेको भिल्लारियलले क्वारावागको सामना गर्नेछ । समूह उपविजेता बन्ने दाउमा रहेको माकावी टेल एभिभ र सिभास्पोरबी खेल हुनेछ । समूह ‘जे’ मा टोटेनहम र रोयल एन्टवेर्पबीच तथा लास्क र लुडोगारेट्स राजग्राडबी प्रतिस्पर्धा हुनेछ ।

समूह ‘के’ मा डेनामो जाग्रिव र सिएसकेए मस्को तथा वल्सवर्ग र फियोनुर्डबीच खेल हुनेछ । समूह ‘एल’ मा होफेनहाइन र जेन्ट तथा एफकेल क्रेभेना जेभेज्दा र स्लोभान लिवेरिकबीच प्रतिस्पर्धा हुनेछ ।