‘प्रतिनिधिसभा विघटन फेरि पनि हुनसक्छ, आश्चर्य मान्नुपर्दैन’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेको छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको बताएका हुन् । उनले सरकार र संसद् नचले फेरि पनि विघटन हुने र यसमा आश्चर्य मान्नुपर्ने कुरा नभएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही थियो, संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ’ ती नेताले ओलीको भनाई उद्यृत गर्दै भने, ‘सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन ।’ प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओलीको भनाईमा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । अहिले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको र प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको आरोप थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस