खराब मौसमका कारण गृहमन्त्री चढेको हेलिकप्टर पोखरामा अवतरण
खबर एक्सप्रेस
२०७७-०५-१८ ०१:११ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा सवार हेलिकप्टर खराब मौसमका कारण पोखरामा अवतरण गरिएको छ । बागलुङमा गएको बाढीपहिरोको अवलोकन गर्न तथा राहत वितरण गर्न उडेको खराब मौसमको कारण पोखरामै रोकिएको हो ।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले दिएको जानकारी अनुसार बागलुङको लागि उडेको हेलिकप्टर स्याङ्जासम्म पुगे पनि त्यहाँबाट अघि बढ्न नसक्दा पोखरा फर्किएर अवतरण गराइएको हो । त्यहाँको मौसम सामान्य भए जाने नभए फर्कने बताइएको छ ।
बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस