काठमाडौं - सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा सभामुख सापकोटाले २८ गते छलफल गर्न लागेका हुन् ।

सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

छलफल शुक्रबार २ बजे संसद् भवन नयाँबानेश्वरमा हुनेछ । 

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई पठाएको पत्र