काठमाडौं - राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । 

विपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।

नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । त्यसका लागि उनी हेलिकप्टर चढेर काठमाडौंबाट हेटौंडातर्फ लागसिकेका छन् ।