नयाँ नक्सा : प्रमाण संकलनको जिम्मा विज्ञ समूहलाई
काठमाडौं - सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो।
सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा गठन गरिएको विज्ञ समूहमा गृहमन्त्री रामबहादुर थापाका प्रमुख स्वकीय सचिव सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, संविधानविद् विपिन अधिकारी, जलरनदीविज्ञ डा।जगतप्रसाद भूसाल, नापी विभगका पूर्वमहानिर्देशक एवं सीमाविद् तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईं र परराष्ट्रका सहसचिव रामप्रसाद सुवेदी सदस्य छन्।
समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वेदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्राहलयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश तोकिएको छ।
अन्नपूर्ण पोस्ट दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस