अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने होः केपी ओली
खबर एक्सप्रेस
२०८०-०३-२६ ०३:३४ मा प्रकाशित
Total Shares: 162
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत नै झुट बोल्ने र अफवाह फैलाउने भएको बताएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो आरोप लगाएका हुन्।
यो सरकार र गठबन्धनले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर प्रचार गरेको भन्दै ओलीले असन्तुष्टि पोखे।
त्यस्तै, ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताए। आफूहरुलाई सरकारमा जान हतारो नभएको उनको भनाई छ।
आफूहरु अहिले अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेको ओलीको भनाई छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस