काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । 

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा बेन ह्वाइट दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो । 

बराबरीसँगै चेल्सीले शीर्ष चारमा रहेको छ ।  चेल्सीले ३२ खेलमा ५५ अंक जोडेको छ । ब्राइटन ३४ अंक जोडेर १६ औं स्थानमा छ ।