चेल्सीको जितमा जिराउडको चार गोल
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा चेल्सीले सेभियामाथि सानदार जित निकालेको छ ।
गएराति भएको समूह ईको खेलमा चेल्सीले सेभियाविरुद्ध ४–० गोल अन्तरको सानदार जित निकालेको हो । चेल्सीको जितमा ओलिभर जिराउड एक्लैले चार गोल गरे ।
खेलको आठौं मिनेटमा काई हभार्टजको पासमा लण्डन क्लबलाई अघि बढाएका जिराउडले दोस्रो हाफमा थप तीन गोल गरेका थिए ।
कोभासिसको पासमा ५४ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाएका जिराउडले ७४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । कान्टेको पासलाई सदुपयोग गर्दै जिराउडले तेस्रो गोल गरे । उनले खेल सकिन ७ मिनेट अघि पेनाल्टीमा गोल गर्दै चेल्सीलाई शानदार जित दिलाए । जितसंगै चेल्सी समूह ईबाट समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।
सेभियाले समेत नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ । समूहको शीर्ष क्लब चेल्सीको १३ अंक छ । दोस्रो सेभियाको १० अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस