सिंहदरबारभित्र आजैदेखि सिलिण्डर ग्यास लैजान रोक
खबर एक्सप्रेस
२०७९-०५-०१ ०२:२३ मा प्रकाशित
Total Shares: 201
काठमाडौं - सिंहदरबारभित्र आजैदेखि कुनै पनि सिलिण्डर ग्यास लैजान प्रतिबन्ध लगाइएको छ ।
आज अर्थमन्त्रालयले एक सूचना सार्वजनिक गर्दै खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र सिलिण्डर ग्यास लैजान प्रतिबन्ध लगाइएको जनाएको छ ।
आर्थिक वर्ष २०७९–०८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । सिंहदरबारमा मन्त्रालय तथा निकायहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । अब त्यहाँ विद्युतीय चुलो प्रयोग हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस