काठमाडौं - एक सातामा ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार ८ सय ८ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता नेप्सेमा हालसम्मको उच्च कारोबार भएको हो । नेप्सेको तथ्यांक अनुसार साताभर २ सय १२ कम्पनीको ४० अर्ब ९८ करोड बढीको १० करोड ११ लाख ६७ हजार ३ सय ९४ कित्ता सेयर कारोबार भएका छन् ।

अघिल्लो साताको तुलनामा नेप्से सूचक १ सय ६२ अंकले बढेको छ । अघिल्लो साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको थियो । यो अवधिमा बजार पुँजीकरण २७ खर्ब ५५ अर्ब नाघेको छ ।

कारोबार रकमसँगै नेप्से सूचकले समेत गत साता नयाँ रेकर्ड कायम गरेको हो । सेयर कारोबार रकममा उछाल आउने क्रम अघिल्लो साता पनि जारी रहेको थियो । छोटो समयमा बढेको बजारबाट नाफा बुक गर्नेहरू सक्रिय देखिएका छन् । साताको चार दिन लगातार बढेर अन्तिम दिन नेप्सेमा बेक्र लागेको थियो । बजारमा तेजी आएसँगै लगानीकर्ताको मनोबलसमेत उच्च भएको देखिन्छ । बजार बढ्नुको कारण नयाँ लगानीकर्ताहरू थपिनु, पुराना लगानीकर्ताको आत्मबल दह्रो हुनु, वित्तीय प्रणालीमा प्रयाप्त लगानीलार्य मानिएको छ ।

लामो समयदेखी केन्द्रीय बैकले पनि तरलता व्यवस्थापन गर्न सकिरहेको छैन । अधिक तरलताकै कारण ब्याजदर घटेको छ । बैंकले सेयर धितो कर्जा सजिलैसँग दिइरहेकोको मौद्रिक नीतिको ३ महिने समिक्षा पछि केही कडाई गरिएको छ । सेयर बजारको गति सधैं एकनासको हुँदैन । लगानीकर्ताले दिनहुँ हुने उतार चढावभन्दा पनि अलि लामो अवधिसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्नु उपयुक्त हुन सक्छ ।

साताभरको कारोबारमा नेप्से सूचक एक दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार ८ सय ९३ दशमलव २५ को बिन्दुबाट सुरु भएको बजार ७५ दशमलव ०२ अंकले नेप्से बढेर १ हजार ९ सय ६८ दशमलव २७ को बिन्दुमा पुगेको थियो । त्यस्तै, सोमबार २८ दशमलव ७९ अंकले, मंगलबार ३ दशमलव ३५ अंकले र साताको चौथो दिन ७० दशमलव ६२ अंकले बढेको थियो । साताको अन्तिम दिन भने बजारमा सामान्य करेक्स आएको थियो । त्यस दिन सूचक १५ दशमलव ५७ अंकले सूचक घटेर अन्तिम समयमा २ हजार ५५ दशमलव ४६ को बिन्दुमा आएर कारोबार रोकिएको हो ।

सातामा कारोबारमा आएका १२ वटा उपसमूहमध्ये चारवटा उपसमूह घटेका छन् भने बाँकी बढेका छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी जीवन बिमा १ हजार ३ सय ९० दशमलव ६५ अंकले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ४ सय ३ दशमलव ५९ अंकले, लद्युवित्त ३ सय १ दशमलव ६७ अंकले, निर्जीवन बिमा २ सय ३७ दशमलव ४५ अंकले, अन्य समूह २ सय ६९ दशमलव ५५ अंकले, जलविद्युत् २ सय २७ दशमलव २१ अंकले, होटेल २६ दशमलव ९५ अंकले, म्युचुअल फन्ड शून्य ३० अंकले बढेको छ । घट्नेमा व्यापार समूह २ सय ५१ दशमलव १४ अंकले, वित्त समूह १५ दशमलव ८१ अंकले, बैंकिङ समूह ५१ दशमलव ३ अंकले र विकास बैंक ९८ दशमलव ७४ अंकले घटेको छ ।

साताभर कारोबारमा आएका कम्पनीमा सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको थियो । यसको २ अर्ब ८० करोड ७८ लाख १४ हजार १ सय ८० रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १ अर्ब ६९ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ५९ करोडभन्दा बढीको कारोबार भएको हो ।