काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ ।

गएराति समूह बीको खेलमा रियल मड्रिड युक्रेनको शख्तर डोनेस्कसंग २–० गोल अन्तरले पराजित भएको हो । यससँगै अघिल्लो चरणमा पुग्ने रियलको लक्ष्य कठिन बनेको छ ।

खेलको ५७ औं मिनेटमा डेनटिनहोले गोल गर्दै शख्तरलाई अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि मनोर सोलोमनले गोल गर्दै शख्तरको जित सुनिश्चित गरे ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ । अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ ।

जित सहित शख्तर ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल समान अंक भएपनि तेस्रो स्थानमा पुगेको छ ।