रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाटवडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्र्याक्टर घुम्तीमा मोड्न खोज्दा गएराति १० बजेतिर दुर्घटना भएको हो ।

आठबीसकोट इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन् । नगर अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टरका चालक गोपाल विक फरार छन् ।

काठमाडौं रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ ।