स्पेनिस ला लिगा : बराबरीमा रोकियो रियल
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा रियल भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा खेल्दै अंक बाँडेको हो । खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । रियलका गोलकिपर थिबाउट कोर्टुवाले आफ्नो डिबक्स भित्र स्यामुएललाई फाउल गर्दै लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो । जसमा मोरेनोले सहजै गोल गरे ।
रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ । भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ । भिल्ला दोस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस