ललिता निवास प्रकरण: पूर्व-अख्तियार प्रमुखसहित सय बढीलाई कारबाहीको सिफारिस
काठमाडौं - नेपाल प्रहरीले बलुवाटारस्थीत ललिता निवास प्रकरण सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले तयार पारेको ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिनासम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा औपचारिक रुपमा बुझाएको प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। प्रहरी प्रधान कार्यालयमार्फत गृहमन्त्रालयमा बुझाएको उनले बताए।
एकहप्ता अघि नै सीआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो। मन्त्रिपरिषदले २०७५ फागुन २७ गते छानबिनको जिम्मेवारी सुम्पिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातसहित तीन पूर्वसचिवलाई कारबाही सिफारिससहितलाई प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको छ। प्रतिवेदनले माफिया र कर्मचारीको मिलोमतोमा ललिता निवासको जग्गा जग्गा हिनामिना गरेको निश्कर्ष निकालेको छ।
प्रतिवेदनमा तत्कालीन भौतिक पूर्वाधार सचिवसमेत रहेका बस्न्यात, भूमि व्यवस्था मत्रालयका सचिव छविराज पन्त र दिनेशहरी अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ।
चीनका लागि नेपाली राजदूत एवं तत्कालीन मुख्य सचिव लिलामणि पौडेल पनि कारबाहीको सिफारिसमा परेको छ। सीआइबीले भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित मालपोत, नापी, गुठीका कर्मचारी, नक्कली खडा गरिएका मोही, राणा परिवार गरी एक सय भन्दा बढीमा माथि कारबाहीको सिफारिस गरेको छ।
आजको अन्नपूर्णबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस