काठमाडौं उपत्यकामा आज एकैदिन थप ५७२ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-२५ ०४:३७ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ४६४ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ। १ हजार ८१८ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस