फिफा वर्ष खेलाडीको लागि नेपालका कसको भोट कसलाई ?
काठमाडौँ - स्टार खेलाडी लियोनल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति इटालीको मिलानमा भएको एक कार्यक्रममा मेसीले क्रिस्टियानो रोनाल्डो तथा भिर्गिल भ्यान डायकलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।
मेसीले फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार तथा समर्थकबाट सर्वाधिक मत प्राप्त गर्दै अवार्ड जितेका हुन् । नेपालको लागि पनि तत्कालिन कप्तान विराज महर्जन, प्रशिक्षक योहान कालिन तथा खेल पत्रकार रितेश रिजालले मत हाल्ने अवसर प्राप्त गरेका थिए ।
महर्जनले पहिलो रोजाईमा रोनाल्डोलाई भोट गरेका थिए । उनले रोनाल्डोलाई ५ अंक मेसीलाई २ अंक तथा भ्यान डायकलाई १ अंक दिएका थिए ।
प्रशिक्षक कालिनले मेसीलाई ५ अंक, रोनाल्डोलाई ३ अंक तथा भ्यान डायकलाई १ अंक दिएका थिए भने काठमाडौँ पोष्टका पत्रकार रिजालले मेसीलाई ५ अंक, किलियन एम्बाप्पेलाई ३ अंक तथा भ्यान डायकलाई १ अंक दिएका थिए ।
मेसीले कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकबाटै सर्वाधिक मत प्राप्त गरेका थिए । उनले कूल ४६ प्रतिशत मत प्राप्त गरे त्यस्तै रोनाल्डोले ३८ प्रतिशत तथा भ्यान डायकले ३६ प्रतिशत मत पाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस