सरकारले घन्टाघर भत्काएर नयाँ बनाउने रे, भत्काउलान् तर बनाउँदैनन् : ओली
खबर एक्सप्रेस
२०७८-०५-३० ०५:०७ मा प्रकाशित
Total Shares: 450
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् ।
बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाएका हुन् । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।
'हामीले धरहरा बनायौं । रानीपोखरी बनायौँ,' उनले भने, 'अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,' उनले भने ।
फेसबुक पेज Like गर्नुहोस