अग्रता जोगाउन नसक्दा पोर्चुगल रोकियो
काठमाडौं - कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न पुग्यो ।
खेलको ११औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १–० को सुरुवाती अग्रता दिलाए । ३६ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । तर, उक्त अग्रता पोर्चुगलले कायम राख्न सकेन ।
४६औं मिनेटमा सर्बियाका एलेक्सान्डर मित्रोभिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । खेलको ६०औं मिनेटमा फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरी रोकियो । बराबरीसँगै समूह ‘ए’ मा सर्विया दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने पोर्चुगल समान ४ अंकका साथ दोस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस