लोसपाबाट अलग्गिए राजेन्द्र महतो, घोषणा गरे नयाँ अभियान
खबर एक्सप्रेस
२०८०-११-१४ ०२:३१ मा प्रकाशित
Total Shares: 107
काठमाडौं- नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् ।महतोले लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका हुन् ।काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे ।
बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो । महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस