एजेन्सी - चीनले भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ। अफ्रिकन स्वाइन फिभर (एएसएफ)लाई मध्यनजर गर्दै त्यहाँको चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले यस्तो प्रतिबन्ध लगाएका हो ।

भारतका पुर्वी राज्य आसामका घरेलु सुँगुर र बँदेलमा सो फिभर देखिएपछि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।

चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो।गत वर्ष सोहि फिभरको कारण चीनमा ठुलो संख्यामा सुँगुरहरु मरेका थिए । सो उत्पादनलाई पुन स्थापना गर्न त्यहाँको सरकारले यस्तो रणनीति बनाएको बुझिन्छ ।

चीनको यो कदमलाई भारत-चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ।