यी ४१ जिल्लामा बाढीको खतरा, सर्तक रहन आग्रह
काठमाडौ - जारी वर्षाका कारण नदी तथा खोलामा बाढीको सम्भावना रहेको हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सोमबार बिहान विज्ञप्ती जारी गर्दै महाशाखाले आज विभिन्न ४१ जिल्लामा बाढीको सम्भावना रहेको हुँदा सचेत रहन अनुरोध गरेको हो ।
महाशाखाले आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स–साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । काठमाडौ उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
त्यस्तै, भोली मंगलबार भोवल पवन कन्त्काई, कोसी, कमला, बागमती, नारायणी, पविम राप्ती, बबई, कणााली, महाकाली लगायत यसका शाखा नदीहरुमा बहाव बढ्ने अनुमान महाशाखाको छ ।
फेसबुक पेज Like गर्नुहोस