काठमाडौं उपत्यकामा आज थपिए १ हजार ३३८ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०७-२१ ०५:४१ मा प्रकाशित
Total Shares: 256
काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा आज थप २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस