युभेन्ट्स र एसी मिलान पराजित
खबर एक्सप्रेस
२०७७-११-०२ १०:०८ मा प्रकाशित
Total Shares: 296
काठमाडौं,एजेन्सी - इटालियन सिरी ए मा युभेन्ट्स पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-० ले स्तब्ध बनेको हो ।
नापोलीको लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । घरेलु मैदानमा खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए । युभेन्टसले बल आफ्नो पकडमा राखेपनि गोल भने गर्न सकेन ।
जितसँगै नापोली २१ खेलमा ४० अंक जोडेर लिगको चौंथो स्थानमा उक्लिएको छ । पराजित युभेन्ट्स भने ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस