काठमाडौं - विश्वभर कहर मच्चाइरहेको कोराना भाइरसका कारण नेपालमा पनि त्रासको वातावरण रहेको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा एक जना नेपाली भर्ना भएका थिए । तर, अचानक उनी भागेका छन् ।

अस्पतालका अनुसार उनी दक्षिण कोरियाबाट फर्केका व्यक्ति हुन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

ती व्यक्ति अझै सम्पर्कमा नआएको बताइएको छ । उक्त जानकारी प्रहरीलाई दिएको र उनको खोजीकार्य जारी रहेको बताइएको छ ।