काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा पीसीआर विधिबाट ८ हजार ८८ जना र एन्टिजेन विधिबाट ४ हजार १८ जनाको परिक्षण गर्दा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३२ हजार २७२ र एन्टिजेनबाट ७५ हजार १३० जना पुगेको छ ।  

यस्तै, आज थप १८६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । निको हुनेको दर ९३.२ प्रतिशत छ । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २९२ पुगेको छ ।