राजनीतिक दल र जेनजी प्रतिनिधिसँग आज संयुक्त छलफल गर्दै प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८२-०७-१३ ०७:३२ मा प्रकाशित
Total Shares: 143
काठमाडौं - मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, राजनीतिक दल र जेनजी आन्दोलनबीच पहिलोपटक संयुक्त वार्ता हुन लागेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल आह्वान गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने छन् । यसअघि प्रधानमन्त्री कार्कीले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरेकी थिइन्।
सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमतिको वातावरण बनाउन वार्ता प्रक्रिया तीव्र पारेको बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस