भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन
खबर एक्सप्रेस
२०७८-०८-२६ ०२:४९ मा प्रकाशित
Total Shares: 274
काठमाडौं,एजेन्सी - भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।
पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।
ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस