काठमाडौंमा भेटिएका एक कोरोना संक्रमित छापाखानाका कर्मचारी
खबर एक्सप्रेस
२०७७-०२-०६ ०८:०४ मा प्रकाशित
Total Shares: 319
काठमाडौं - काठमाडौं जिल्लामा आज देखिएका तीन जना कोरोना भाइरस संक्रमितमध्ये एक जना संक्रमित छापाखाना मा काम गर्ने कामदार रहेको पाइएको छ ।
संक्रमित ती व्यक्ति काठमाडौं महानगरपालिका २८ स्थित बागबजारको बुद्ध विहार आसपास बस्दै आएको स्रोतले बताएको छ । उनी होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको बताइएको छ । ती संक्रमित व्यक्ति केही दिनअघि भैरहवाबाट काठमाडौं आएको पनि पाइएको छ ।
आज काठमाडौंमा ३, भक्तपुरका १ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस