विश्वकै पुरानो क्रिकेट क्लब एमसीसी काठमाडौँमा
काठमाडौं - नेपाली राष्ट्रिय टोलीसँग क्रिकेट खेल्न विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) काठमाडौँ आइपुगेको छ ।
एससीसीको टोलीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)ले स्वागत गरेको हो ।
एमसीसीले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डस्मा त्रीकोणत्मक सिरिज खेलेको थियो ।
आईसीसीको समन्वयमा क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुन लागेको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमा एमसीसीसँग खेल्ने अवसर पाएको हो ।
समग्रमा तेस्रो पटक एमसीसीसँग भिड्न लागेको नेपालले एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस