सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा सेवाग्राहीले सास्ती भोगे निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल सरकारका मुख्यसचिव तथा सचिवहरुलाई सिंहदरबारमा निर्देशन दिँदै प्रचण्डले सो चेतावनी दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिँदै दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताए।
तीनै तहमा सचिवहरुले नै खटाएका कर्मचारीले काम गरिरहेको र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार पनि उनीहरुको भएकोले जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर पन्छिन नमिल्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ।
‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने।

.gif)



फेसबुक पेज Like गर्नुहोस