प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्याउन सक्छौँ : ओली
खबर एक्सप्रेस
२०७७-११-२३ ०८:५५ मा प्रकाशित
Total Shares: 462
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने बताएका छन् ।
आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले सोहीअनुसार सरकारलाई अघि बढाउनेसमेत बताए ।
'पूर्वमाओवादीका तर्फबाट प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छन्, लिए पनि हामीले बहुमत पुर्याउन सक्छौँ' ओलीको भनाई उदृत गर्दै एक सांसदले भने ।
उनले बैठकमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टिसमेत जनाएका छन् । सभामुखले सरकारको विरुद्धमा बोल्नेलाई मात्र समय दिएको ओलीको आरोप छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस