काठमाडौं - नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा गभर्नरको सिफारिसमा ढुंगाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त गरेका हो । 

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । यसअघि डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पाँच वर्षे कार्यकालसँगै पद रिक्त भएको थियो ।