काठमाडौं - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनमा सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेलौँ भन्ने दिवसको शुभकामना व्यक्त गरेका छन् ।

तत्कालीन निरंकुश राजतन्त्रका विरुद्धमा भएको विसं २०६२–६३ को आन्दोलन विसं २०६३ वैशाख १३ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ ।