आज दुई संसदीय समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०९-०६ १०:१३ मा प्रकाशित
Total Shares: 114
काठमाडौं - आज प्रतिनिधि सभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने बसन लागेको हो ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस