शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति
खबर एक्सप्रेस
२०८०-०६-२५ ०२:५९ मा प्रकाशित
Total Shares: 132
काठमाडौं-सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।
मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस