काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन् । 

धरहराको उद्घाटनपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताएका हुन् ।

धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उनको भनाइ छ ।