काठमाडौं - यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज साविकको विजेता टोली मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, प्रतियोगिताको पहिलो खेल खेल्न लागेको दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाता भने जित निकाल्दै सहज सुरुवात गर्ने योजनामा छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको थियो । जितका लागि राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमै समेटिएको थियो ।