माओवादी अध्यक्ष प्रचण्डले भोलि बस्ने संसद् बैठकमा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०८१-११-२६ ०५:४३ मा प्रकाशित
Total Shares: 54
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको हो ।सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो। भोलिको संसद्मा प्रचण्डले बोल्नेगरी समय निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
फेसबुक पेज Like गर्नुहोस